९ बैशाख २०८२, मंगलबार । April 22, 2025

दक्षिण अमेरिकी विश्वकप छनोटः विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित



एजेन्सी । विश्व च्याम्पियन अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोटमा दोस्रो हार बेहोरेको छ ।

कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो । अर्जेन्टिनी टिममा लियोनल मेसी भने थिएनन् । कोलम्बियाले येरसन मोस्क्वेराको गोलले अग्रता लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । खेलले एक घण्टा छुँदा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे ।

निकोलस ओटमन्डले ड्यानिएल मुनोजलाई लडाएपछि ‘भार’ ले कोलम्बियाको पक्षमा पेनाल्टीको निर्णय गरेको थियो । हारका बाबजुद अर्जेन्टिना १८ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । उसको पछाडि कोलम्बियाको १६ अंक भएको छ । मंगलबारका अन्य खेलमा इक्वेडरले पेरुलाई १–० र बोलिभियाले चिलीलाई २–१ ले हराए ।

भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुख्खा पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध, सयौँ सवारी जाममा

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा खसेको सुख्खा पहिरोका

गभर्नर नियुक्ति विवादः रिटको सुनुवाइ तेस्रो दिन पनि स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई

सडकमा शिक्षकः आयो तेरो सर ! बाटो खाली गर

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा शिक्षकहरूको आन्दोलन अझै

नयाँ प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आउँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट

शिक्षकको धम्की: ‘न हामी परीक्षा लिन्छौं, न कापी हेर्छौं!’

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा–१२ को बोर्ड परीक्षामा कुनै