१४ पुस २०८२, सोमबार । December 30, 2025

मितेरी सहकारी ठगी प्रकरणः ‘डिभोर्स’ गरेकी श्रीमतीको जिम्मा लिन नसक्ने धनराज गुरुङको प्रष्टोक्ति



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले आफूमाथि लागेका आरोपका विषयमा संसदीय छानबिन गर्न माग गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले आफूले निष्ठा र नैतिकताको राजनीतिक गर्ने भएकाले सहकारी ठगीको आरोपबारे छानबिन गर्न सभामुख र गृहमन्त्रीलाई आग्रह गरेका हुन् । मितेरी सहकारीको रकम हिनामिनाको विषयमा पूर्व श्रीमती ज्योती गुरुङसँग आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको उनले बताएका छन् ।

ललितपुरस्थित मितेरी सहकारी संस्थाको १५ करोड रकम हिनामिनामा नाम जोडिएपछि आज संसद बैठकमा स्पष्टीकरण दिँदै उनले त्यसको खण्डन गरेका हुन् । उपसभापति गुरुङले पूर्वपत्नीले गरेको बदमासीको जिम्मा आफूले नलिने समेत बताए । सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पूर्वमन्त्री समेत रहेका धनराज र उनकी पत्नी ज्योतीले पैसा फिर्ता गर्ने सहमति गरे पनि अहिलेसम्म फिर्ता नगरेको भन्दै संसदीय विशेष समितिमा बयान दिएका थिए ।

सहकारीको प्रवन्ध निर्देशक रहेकी ज्योती र धनराजको सम्बन्ध बिच्छेद भइसकेको बताइएको छ । उपसभापति गुरुङले व्यापार व्यवसायमा श्रीमान–श्रीमतीमा एउटा जोडिँदा अर्कोलाई जोडेर हेरिने सामान्य रहेको टिप्पणी गरेका छन् । उपसभापति गुरुङले परिवारमा दरार आएपछि १० वर्षको बच्चा हुर्काउन पर्दाको पीडा पनि संसदमा पोखे । नेल्सन मण्डेलाको श्रीमतीसँग सम्बन्ध विच्छेद भएको र बिनी मण्डेलाका मुद्दाहरू आए पनि नेल्सन मण्डेलामाथि प्रश्न नआएको उनले बताए ।

उनले सहकारीको प्रबन्ध निर्देशक ज्योतीसँग २९ फागुन २०७६ मा गरेको सम्बन्धविच्छेद नक्कली प्रमाणित गर्न पनि चुनौती दिए । उनले आफू प्रमाण लुकाउने जिम्मेवार पद ९गृहमन्त्री० मा नरहेको र संसदीय छानबिन गर्नुपर्छ भने पनि तयार रहेको बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई