२९ पुस २०८२, मंगलबार । January 14, 2026

युईएफए नेसन्स लिगः बेल्जियममाथि फ्रान्सको सहज जित



एजेन्सी । युईएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियममाथि सहज जित निकालेको छ।

स्टेडियममा डिडियर डेसच्याम्प्सको घरेलु टोलीले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो। लिग ए समूह २ मा रहेको फ्रान्स पहिलो खेलमा इटलीसँग ३–१ ले पराजित भएको थियो। ​इटालिविरुद्ध पूरा समय मैदानमा बिताएका कप्तान केलियन एमबाप्पे यस खेलमा भने सुरुवाती ११ परेका थिएनन्।

बेल्जियमले सुरुवातमा केही राम्रा अवसरहरु बनाएपनि गोलमा परिणत गर्न सकेन। २९औं मिनेटमा कोलो मुआनीले डेडलक तोड्दै घरेलु टोलीलाई अग्रता दिलाए। फ्रान्सका लागि यो उनको छैठौं गोल थियो। ५७औं मिनेटमा पेरिस सेन्ट–जर्मेन पएसिजीका ओस्मान डेम्बेलेले गोल गरेपछि फ्रान्सले २–० को अग्रता बनायो। एम्बाप्पेलाई दोस्रो हाफको मध्य तिर मैदानमा पठाइएको थियो। उनले दुई पटक राम्रो मौका पाए पनि गोल गर्न सकेनन्।

जितसँगै ३ अंक जोडेको फ्रान्स लिग ए समूह २ को दोस्रो स्थानमा उक्लिएको छ। आफ्नो पहिलो खेलमा इजरायललाई ३–१ ले पराजित गरेको बेल्जियम ३ अंक सहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले