३ आश्विन २०८३, शनिबार । September 20, 2026

लिग २ को दोस्रो सिरिज खेल्ने नेपाली टोली घोषण, को–को परे ?


२५ भदौ २०८१, मंगलबार  

948
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग २ को दोस्रो सिरिज खेल्ने नेपाली टोलीको घोषण भएको छ ।

मुख्य प्रशिक्षक मोन्टी देसाईंले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरेका हुन् । सन्दीप लामिछाने १२ महिनापछि ओडीआई टोलीमा फर्किएका छन् । सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउद पनि झण्डै १४ महिनापछि नेपालको एकदिवसीय टोलीमा परेका छन् ।

यस्तै टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के।सी।, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र देव खनाल रहेका छन् । विश्वकप लिग २ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

नेपालले घरेलु टोली क्यानडासँग खेल्दै आइसीसी विश्वकप लिग २ को दोस्रो सिरिज शुरूआत गर्ने छ । पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । पाहुना टोली नामिबियाविरुद्धको दुवै खेलमा हार बेहोरेको नेपाल नेदरल्यान्ड्ससँग भने दुई अंक खोस्न सफल भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार क्यानडामा सेप्टेम्बर १६ देखि हुने दोस्रो सिरिजमा घरेलु टोली र नेपालबाहेक ओमानले सहभागिता जनाउने छ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली