२२ मंसिर २०८२, आइतबार । December 7, 2025

लिग २ को दोस्रो सिरिज खेल्ने नेपाली टोली घोषण, को–को परे ?



काठमाडौं । आइसीसी विश्वकप लिग २ को दोस्रो सिरिज खेल्ने नेपाली टोलीको घोषण भएको छ ।

मुख्य प्रशिक्षक मोन्टी देसाईंले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरेका हुन् । सन्दीप लामिछाने १२ महिनापछि ओडीआई टोलीमा फर्किएका छन् । सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउद पनि झण्डै १४ महिनापछि नेपालको एकदिवसीय टोलीमा परेका छन् ।

यस्तै टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के।सी।, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र देव खनाल रहेका छन् । विश्वकप लिग २ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

नेपालले घरेलु टोली क्यानडासँग खेल्दै आइसीसी विश्वकप लिग २ को दोस्रो सिरिज शुरूआत गर्ने छ । पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । पाहुना टोली नामिबियाविरुद्धको दुवै खेलमा हार बेहोरेको नेपाल नेदरल्यान्ड्ससँग भने दुई अंक खोस्न सफल भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार क्यानडामा सेप्टेम्बर १६ देखि हुने दोस्रो सिरिजमा घरेलु टोली र नेपालबाहेक ओमानले सहभागिता जनाउने छ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको