२१ मंसिर २०८२, शनिबार । December 6, 2025

तेस्रो टेस्टमा इंग्ल्यान्डमाथि श्रीलंकाको शानदार जित



एजेन्सी । तेस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि श्रीलंकाले ८ विकेटको शानदार जित हात पारेको छ ।

सोमबार जित्नका लागि आवश्यक २१९ रनको पछ्याएको श्रीलंकाले ४० दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । श्रीलंकाको जितमा ओपनर पाथुम निसंका १२४ बलमा १३ चौका र २ छक्कासहित १२७ रनमा नट आउट रहे । दिमुथ करुणारत्ने ८ र कुशल मेन्डिस ३९ रनमा आउट हुँदा एन्जिलो म्याथ्युज ३२ रनमा नटआउट रहे ।

इंग्ल्यान्ड दोस्रो इनिङमा १५६ रनमा अल आउट भयो । युवा विकेटकिपर जेमी स्मिथले सर्वाधिक ६७ र ड्यान लरेन्सले ३५ रन जोडे । अन्यको प्रदर्शन सम्झनलायक रहेन । पहिलो इनिङमा ६२ रनले पछि परेको श्रीलंकालाई उत्कृष्ट पुनरागमन गराउन लाहिरु कुमाराले ४, विश्व फेर्नान्डोले ३ र असिथा फेर्नान्डोले २ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा श्रीलंका २६३ रनमा अलआउट भएको थियो । श्रीलंकाका कप्तान धनन्जय डि सिल्भा ६९, कामिन्दु मेन्डिस र पाथुम निसांका ६४–६४ रन बनाए । इंग्ल्यान्डका जोश हुल र ओली स्टोनले ३–३ विकेट लिए । लन्डनमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड ३२५ रनमा अलआउट भएको थियो । कप्तान ओली पोपले १५६ बलमा १९ चौका र २ छक्कासहित १५४ रनको शतकीय इनिङ खेलेपनि जित्न पर्याप्त रहेन ।

ओपनर बेन डकेटले ८६ रनको योगदान दिए । श्रीलंकाका मिलन रथानायकेले ३, विश्व फेर्नान्डो, लाहिरु कुमारा र धनन्जय डि सिल्भाले २–२ विकेट लिए । तीन टेस्ट खेलको सिरिजमा सुरुवाती दुई खेल इंग्ल्यान्डले ५ विकेट र १९० रनको जित हात पारेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको