११ असार २०८३, बिहिबार । June 25, 2026

भियतनामम आँधीका कारण ५९ जनाको मृत्यु


२४ भदौ २०८१, सोमबार  

90
Shares

एजेन्सी । भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तिमा ५९ जनाको मृत्यु भएको छ ।

चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले वस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आँधी शुक्रबार भियतनाममा अवतरण गरेपछि आएको बाढी, पहिरो र डुबानका कारण ५० जनाको मृत्यु भएको भियतनामी सञ्चारमाध्यमले जनाएका छन्।

उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ । काओ बङ्ग प्रान्तमा बर्षापछि आएको पहिरोले सोमबार २० जना सवार बसलाई बगाएको छ । फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ। पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना वेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ । यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो ।

देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ । आँधीपछि परेको बर्षाले आएको बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तिका ३० लाख मानिसहरू बिजुलीविहीन भएका छन् ।

बढी प्रभावित हाइफोङ क्षेत्रका लागि ४६ लाख अमेरिकी डलरको सहयोग तथा राहत प्याकेज स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर