३ आश्विन २०८३, शनिबार । September 20, 2026

क्यानडामा हुने ओडीआई सिरिजको तालिका सार्वजनिक, नेपालको खेल कहिले ?


२४ भदौ २०८१, सोमबार  

267
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप लिग टुअन्तर्गत क्यानडामा आयोजना हुने त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

उक्त सिरिजमा नेपाल, क्यानडा र ओमानबीच खेल हुन लागेको हो । उक्त तालिकाअनुसार पहिलो खेल नेपाल र क्यानडाबीच हुने क्यानले जनाएको छ । १६ सेप्टेम्बरमा हुने पहिलो खेलमा नेपाल आयोजक क्यानडाविरुद्ध मैदानमा उत्रनेछ । त्यस्तै १८ सेप्टेम्बरमा नेपालले ओमानको सामना गर्नेछ ।

२२ सेप्टेम्बरमा पुनः नेपाल र क्यानडाबीच खेल हुनेछ भने २४ सेप्टेम्बरमा ओमान र नेपालबीचको खेल हुनेछ । ओडीआई सिरिज सकिएको २ दिनपछि तीनवटै टोलीबीच टी–२० अन्तर्राष्टंरिय सिरिज हुने भएको छ ।

टी २० आईमा पनि नेपालले घरेलु टोली क्यानडाको सामना गर्नेछ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली