९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

कन्टेनर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु



चितवन । चितवनको शान्तिचोकमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए ।

घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने कन्टेनर र चालक बाराको गडीमाई नगरपालिका–५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लामिनारले टाइल्सले सार्वजनिक गर्‍यो नेपालकै पहिलो फुल-बडी टाइल संग्रह ‘cento’

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार

तोलामा १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक

एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका

च्याम्पियन्स ट्रफीः भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा भारतले

घट्यो अमेरिकी डलरको मूल्य, पाउण्ड र युरो पनि ओरालो लाग्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर