१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

ईङल्याण्डका अलराउण्डर मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


२३ भदौ २०८१, आइतबार  

45
Shares

एजेन्सी । ईङल्याण्डका अल राउण्डर मोइन अलीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३७ बर्षिय अलीले अस्ट्रेलिया सिरिजमा टिममा छनौट नभएपछि सन्यासको घोषणा गरेका हुन् ।उनले आफुले ईङल्याण्डको लागि धेरै क्रिकेट खेलेको भन्दै अब आउदो जेनेरेसनले खेल्ने समय भएको बताएका छन् । २०१४ मा ईङल्याण्डका लागि अन्तराष्ट्रिय डेभ्यु गरेका अलीले ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी–२० खेल खेलेका छन् ।

उनले ईङल्याण्डका लागि सबै फर्म्याटमा ६६७८ रनसहित ८ शतक, २८ अर्धशतक र कुल ३६६ विकेट लिएका छन् । उनी ईङल्याण्डका लागि पछिल्लो पटक टी–२० विश्वकपमा भारतविरुद्ध सेमिफाइनल खेलेका थिए ।

ईङल्याण्डले सो खेल हारेको थियो । अलीले फ्रेन्चाइजी क्रिकेट भने खेल्न जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  २ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली