३ आश्विन २०८३, शनिबार । September 20, 2026

तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग नेपाल ५ विकेटले पराजित


२१ भदौ २०८१, शुक्रबार  

2.5k
Shares

एजेन्सी । नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको छ ।

थ्रस्टन कलेज ग्राउण्डमा नेपालले दिएको १६० रनको लक्ष्य घरेलु टोलीले मात्र २६ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि के सन्जुलाले सर्वाधिक ६८ रन बनाए । सोमपाल कामी र गुल्सन झाले २–२ विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए ।

कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए । यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।

श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली