९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग नेपाल ५ विकेटले पराजित



एजेन्सी । नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको छ ।

थ्रस्टन कलेज ग्राउण्डमा नेपालले दिएको १६० रनको लक्ष्य घरेलु टोलीले मात्र २६ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि के सन्जुलाले सर्वाधिक ६८ रन बनाए । सोमपाल कामी र गुल्सन झाले २–२ विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए ।

कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए । यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।

श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी