३ आश्विन २०८३, शनिबार । September 20, 2026

ऐतिहासिक पदक विजेता पलेशालाई महानगरले गर्यो ५ लाख नगदसहित सम्मान


१९ भदौ २०८१, बुधबार  

9
Shares

काठमाडौं । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

बुधबार महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पाँच लाख पुरस्कारसहित सम्मान गरेका हुन् । त्यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । महानगरले नेगीलाई ३ लाख नगदसहित सम्मान गरेको हो ।

फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशा गोवर्धन बुधबार विहान स्वदेश फर्किएकी हुन्।

उनलाई राष्ट्रिय कहल्कुद परिषदले सम्मान स्वरूप विमानस्थल देखि दशरथ रंगशालासम्म नगर परिक्रमा गराएको थियो ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  २ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली