२७ कार्तिक २०८२, बुधबार । November 13, 2025

ऐतिहासिक पदक विजेता पलेसालाई विमानस्थलमा भव्य स्वागत, नगर परिक्रमा गराइँदै



काठमाडौं । पेरिस पारा ओलम्पिकस्‌‌अन्तर्गत पारा तेक्वान्दोमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका हुन् । यसपछि पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गराइने छ । राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार टोलीलाई नगरपरिक्रमा गराइने छ ।

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चौक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुंगिने छ । फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले ऐतिहासिक कांस्य जितेकी थिइन् ।

यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो । पारा तेक्वान्दो खेलाडी पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई