३ आश्विन २०८३, शनिबार । September 20, 2026

ऐतिहासिक पदक विजेता पलेसालाई विमानस्थलमा भव्य स्वागत, नगर परिक्रमा गराइँदै


१९ भदौ २०८१, बुधबार  

315
Shares

काठमाडौं । पेरिस पारा ओलम्पिकस्‌‌अन्तर्गत पारा तेक्वान्दोमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका हुन् । यसपछि पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गराइने छ । राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार टोलीलाई नगरपरिक्रमा गराइने छ ।

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चौक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुंगिने छ । फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले ऐतिहासिक कांस्य जितेकी थिइन् ।

यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो । पारा तेक्वान्दो खेलाडी पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली