९ चैत्र २०८२, सोमबार । March 24, 2026

आजदेखि आन्तरिक उडानको भाडा घट्यो, कुन रुटमा कति ?


१९ भाद्र २०८१, बुधबार  

10.5k
Shares

काठमाडौं । वायु सेवा कम्पनीहरूले आन्तरिकतर्फ हवाई जहाजको भाडा घटाएका छन्।

नेपाल आयल निगमले आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएपछि जहाज कम्पनीले भाडा घटाएका हुन्। सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम दुई सय ६५ रूपैयाँसम्मले भाडा घटेको छ। काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भाडा निर्धारण हुन्छ।

सबैभन्दा धेरै भाडा काठमाडौं– नेपालगन्ज उडानको घटेको छ। काठमाडौं नेपालगन्ज रुटमा दुई सय ६५ रूपैयाँ घटेको छ। त्यसैगरी सबैभन्दा कम काठमाडौं–सिमरा उडानमा ४५ रूपैयाँ घटेको छ। घटेको हवाई भाडादर बुधबारदेखि नै लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आयल निगमले हवाई इन्धनको मूल्य न्यूनतम पाँच रूपैयाँ घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरूले हवाई भाडा समायोजन गर्ने गरेका छन्।

नयाँ भाडादर अनुसार त्रिभुवन अन्तर्राष्ट्रियबाट उडान हुने वायु सेवा कम्पनी भाडादर घटाएका छन् । काठमाडौं– भद्रपुर रुटमा एसय ५० रूपैयाँ, काठमाडौं– विराटनगर एक सय २० रूपैयाँ, काठमाडौं– जनकपुर ६५ रूपैयाँ, काठमाडौं–भरतपुर ५० रूपैयाँ, काठमाडौं– पोखरा ८० रूपैयाँ, काठमाडौं– भैरहवा १०५ रूपैयाँ इन्धनको मूल्य घटेको छ ।

यो सम्बन्धित गन्तव्यबाट फर्किंदा पनि भाउ सोही दरमै घटेको छ। त्यसैगरी, काठमाडौं– नेपालगन्जमा एक सय ६५, धनगढीमा दुई सय २०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा एक सय ७५, राजविराजमा एक सय रूपैयाँले घटेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali