२९ पुस २०८२, मंगलबार । January 13, 2026

भारतीय कोस्ट गार्डको हेलिकप्टर समुद्रमा खस्यो, ३ जना बेपत्ता



एजेन्सी । भारतीय कोस्ट गार्ड (आईसीजी) को एक उन्नत लाइट हेलिकप्टर (ध्रुव) गुजरातको पोरबन्दर तटनजिक अरब सागरमा खसेको छ।

हेलिकप्टरमा रहेका ४ जना चालक दलका सदस्यमध्ये ३ जना बेपत्ता छन् । एकजनाको उद्धार गरिएको छ । हेलिकप्टरको भग्नावशेष फेला परेको छ । घटना सोमबार भएको हो। आईसीजी ले मंगलबार बिहान सोशल मिडिया प्लेटफर्म एक्समा दुर्घटनाको बारेमा जानकारी गराएको हो । अधिकारीहरूका अनुसार हेलिकप्टर पोरबन्दर तटबाट ४५ किलोमिटर टाढा एक कार्गो जहाजमा उद्धार अभियानको लागि गएको थियो।

हेलिकप्टरमा २ जना पाइलट र २ गोताखोर सवार थिए । जसमध्ये १ जना गोताखोरको उद्धार गरिएको छ ।

गार्डले दुई पाइलट र एक गोताखोरको खोजीका लागि ४ जहाज र २ वटा विमान पठाएको बताएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ४ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले