२९ पुस २०८२, मंगलबार । January 13, 2026

भारतीय भलिबल टिमकी कप्तान जिनीले एभरेष्ट लिग मधेश युनाइटेडबाट खेल्ने



काठमाडौं । मधेश युनाइटेडले एभरेष्ट महिला भलिबल लिगका लागि आफ्नो तेस्रो विदेशी खेलाडीका रूपमा भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ ।

योसँगै मधेश युनाइटेडले लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मधेश तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ । मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलोपटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो । लिग आगामी १४ देखि १९ असोजसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा हुनेछ । विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणपछि सन्तुलित टिम बनेको मधेश टिमले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ ।

२८ वर्षीय भारतीय सेटर जिनी भारतीय राष्ट्रिय महिला भलिबल टिमकी कप्तानसमेत हुन् । तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ११ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले