१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने स्वारेजको घोषणा


१८ भदौ २०८१, मंगलबार  

99
Shares

एजेन्सी । उरुग्वेली फुटबल खेलाडी लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने मंगलबार घोषणा गरेका छन् ।

विश्वकप–२०२६ छनोटको शुक्रबार पाराग्वेविरुद्ध मोन्टेभिडियोमा हुने खेल उनको उरुग्वेका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा ३७ वर्षीय स्वारेजले भावुक हुँदै भनेका छन्, ‘शुक्रबारको खेल मेरो देशका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । यो निर्णय गर्न मलाई सजिलो रहेन् ।

तर यो अन्तिम खेलमा म पनि आफूले सक्दो राम्रो खेल्नेछुं ।’ बार्सिलोना र लिभरपुलका पूर्वखेलाडी स्वारेज उरुग्वेली फुटबलका सफलतम खेलाडीमा गनिन्छन् । उनले उरुग्वेका लागि अहिलेसम्म १ सय ४२ खेलमा ६९ गोल गरिसकेका छन् । सन् २००७ मा उनले आफ्नो राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।

सन् २०१४ को विश्वकपमा इटालीका खेलाडी जर्जिओ चिलेनीलाई टोकेपछि चार महिनाको प्रतिबन्ध लगाइएको थियो । अहिले उनी अमेरिकामा इन्टर मायामीका लागि खेलिरहेका छन् ।

सन् २०११ मा उरुग्वेले कोपा अमेरिका जितेको थियो र त्यसमा स्वारेज प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  ८ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था