४ असार २०८३, बिहिबार । June 18, 2026

श्रीलंका पुग्यो नेपाली राष्ट्रिय क्रिकेट टोली


१६ भदौ २०८१, आइतबार  

213
Shares

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का पुगेको छ।

सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो। नेपालले आइसिसी विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्कामा अभ्याससँगै श्रीलङ्का डेभलपमेन्ट टोलीसँग तीनवटा एकदिवसीय शृङ्खला खेल्न लागेको हो। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय शृङ्खलाको बारेमा जानकारी दिएको हो। सेप्टेम्बर १६ देखि २६ तारिखसम्म क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिदेशीय शृङ्खला हुँदै छ।

सोही शृङ्खलाका लागि नेपालले भारतपछि श्रीलङ्कामा तयारी गर्न लागेको हो। क्यानले श्रीलङ्कामा हुने तयारीका लागि १९ सदस्यीय टोली घोषणा पनि गरेको छ। नेपाली टोलीमा रोहित पौडेल, आसिफ सेख, अनिलकुमार साह, देव खनाल, भीम कार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा र रिजन ढकाल छन्।

त्यस्तै ललितनारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  २ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा