७ कार्तिक २०८३, शनिबार । October 24, 2026

श्रीलंका पुग्यो नेपाली राष्ट्रिय क्रिकेट टोली


१६ भदौ २०८१, आइतबार  

213
Shares

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का पुगेको छ।

सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो। नेपालले आइसिसी विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्कामा अभ्याससँगै श्रीलङ्का डेभलपमेन्ट टोलीसँग तीनवटा एकदिवसीय शृङ्खला खेल्न लागेको हो। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय शृङ्खलाको बारेमा जानकारी दिएको हो। सेप्टेम्बर १६ देखि २६ तारिखसम्म क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिदेशीय शृङ्खला हुँदै छ।

सोही शृङ्खलाका लागि नेपालले भारतपछि श्रीलङ्कामा तयारी गर्न लागेको हो। क्यानले श्रीलङ्कामा हुने तयारीका लागि १९ सदस्यीय टोली घोषणा पनि गरेको छ। नेपाली टोलीमा रोहित पौडेल, आसिफ सेख, अनिलकुमार साह, देव खनाल, भीम कार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा र रिजन ढकाल छन्।

त्यस्तै ललितनारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  २ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि