१३ मंसिर २०८१, बिहिबार । November 28, 2024

घट्यो इन्धनको मुल्य, लिटरमा कति पुग्यो पेट्रोल ?



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।

घटेको मुल्य शनिबार राति १२ बजेदेखि नै लागु भइसकेको निगमले जनाएको छ । त्यस्तै एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मुल्य यथावत राखेको निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ रुपैयाँ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विराटनगर किङ्ग्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्टिन गप्टिल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेञ्चाइज टोली विराटनगर

साताको अन्तिम कारोबारको दिन ओरालो लाग्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक

सानोगौचरनमा सुविधासम्पन्न रंगशाला बन्दै, काठमाडौं महानगरले थाल्यो निर्माणको काम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरन रंगशाला पुननिर्माण थालनी गरेको

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद

काठमाडौं । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न

तोलामा ३ सयले सस्तियो सुन, चाँदी कति पुग्यो ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ