१ कार्तिक २०८३, आइतबार । October 18, 2026

यु–२० साफ च्याम्पियनसिपः घरेलु टोली नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो उपाधि


१२ भदौ २०८१, बुधबार  

192
Shares

काठमाडौं । घरेलु टोली नेपाललाई हराउँदै बंगलादेशले पहिलोपटक यु–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा घरेलु टिम नेपाललाई ४–१ गोअन्तरले हराउँदै बंगलादेशले उपाधि उचालेको हो । खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए ।

त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए । नेपालका लागि एक गोल समीर तामाङले ८०औं मिनेटमा गरेका हुन् ।

योसँगै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ४ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि