१९ श्रावण २०८३, मंगलबार । August 5, 2026

नेप्सेमा पहिरो, १ सय ११ अंकले घट्यो


११ भदौ २०८१, मंगलबार  

138
Shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बन्द भएको छ।

नेप्से परिसूचक १११ दशमलव ९६ अंकले घटेर २७८२ दशमलव ६० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४ दशमलव ४० प्रतिशतले घटेर ४९६ दशमलव ४७ विन्दुमा पुगेको छ। यसदिन ३३० स्क्रिप्सको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँमा कारोबार भए। उच्च अंकले घटेर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

तारागाँउ रिजेन्सी होटल,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोलती पावरको सेयर १० प्रतिशतले बढेको हो। थ्री स्टार हाइड्रोपावरको सेयर ९ दशमलव ८१ प्रतिशतले बढ्दा कर्णाली डेभलपमेन्ट बैंकको सेयर ९ दशमलव ४५ प्रतिशतले बढ्यो। यसदिन ६५ अर्बको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

अपी पावरको ५१ अर्ब मूल्यको सेयर कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ४५ करोड,नेपाल फाइनान्सको ४१ करोड र नेपाल इन्फ्रास्टक्चर बैंकको ३३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। होटल्स एन्ड टुरिजम समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक राताम्मे देखिएका छन्।

आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ४ दशमलव ६९ प्रतिशतले घट्यो। कारोबारमा आएका स्टक्समध्ये २० वटाको मूल्य बढ्दा २२३ वटाको घट्यो भने १ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर