७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

नेप्सेमा पहिरो, १ सय ११ अंकले घट्यो



काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बन्द भएको छ।

नेप्से परिसूचक १११ दशमलव ९६ अंकले घटेर २७८२ दशमलव ६० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४ दशमलव ४० प्रतिशतले घटेर ४९६ दशमलव ४७ विन्दुमा पुगेको छ। यसदिन ३३० स्क्रिप्सको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँमा कारोबार भए। उच्च अंकले घटेर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

तारागाँउ रिजेन्सी होटल,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोलती पावरको सेयर १० प्रतिशतले बढेको हो। थ्री स्टार हाइड्रोपावरको सेयर ९ दशमलव ८१ प्रतिशतले बढ्दा कर्णाली डेभलपमेन्ट बैंकको सेयर ९ दशमलव ४५ प्रतिशतले बढ्यो। यसदिन ६५ अर्बको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

अपी पावरको ५१ अर्ब मूल्यको सेयर कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ४५ करोड,नेपाल फाइनान्सको ४१ करोड र नेपाल इन्फ्रास्टक्चर बैंकको ३३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। होटल्स एन्ड टुरिजम समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक राताम्मे देखिएका छन्।

आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ४ दशमलव ६९ प्रतिशतले घट्यो। कारोबारमा आएका स्टक्समध्ये २० वटाको मूल्य बढ्दा २२३ वटाको घट्यो भने १ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४