२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

रौतहटमा टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु


१० भदौ २०८१, सोमबार  

2.8k
Shares

रौतहट । रौतहटको चन्द्रपुरमा टाटा सुमो र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

चन्द्रपुर ४ स्थित राजमार्गमा धन्सार पुल छेउमा पश्चिमबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुवाहक टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीया तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का बिबश सापकोटा रहेको प्रहरीले जनाएको छ । टाटा सुमोको ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिएको टाटा सुमो इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहापुरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ४ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ