७ बैशाख २०८२, आइतबार । April 21, 2025

रौतहटमा टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु



रौतहट । रौतहटको चन्द्रपुरमा टाटा सुमो र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

चन्द्रपुर ४ स्थित राजमार्गमा धन्सार पुल छेउमा पश्चिमबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुवाहक टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीया तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का बिबश सापकोटा रहेको प्रहरीले जनाएको छ । टाटा सुमोको ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिएको टाटा सुमो इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहापुरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ४ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक