२९ पुस २०८२, मंगलबार । January 13, 2026

झापामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ६ जना पक्राउ



झापा । १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा झापा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–५ मा किशोरीलाई सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न एकजना फरार छन् । शुक्रबार राति ती युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बलात्कारको घटनामा संलग्न आरोपमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेको बताए ।

यस्तै अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी र सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार लिम्बू, राई र मगरले शुक्रबार साँझ अर्जुनधारा–८ नयाँ बजारस्थित बाख्रा हाटको फलैँचामा ती बालिकालाई बलात्कार गरेका थिए । राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटेल एन्ड रिर्सोर्टमा अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले सामूहिक बलात्कार गरेको खुलेको छ ।

यतिबेला पीडित बालिकाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले