७ चैत्र २०८२, शनिबार । March 22, 2026

झापामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ६ जना पक्राउ


९ भाद्र २०८१, आइतबार  

18
Shares

झापा । १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा झापा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–५ मा किशोरीलाई सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न एकजना फरार छन् । शुक्रबार राति ती युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बलात्कारको घटनामा संलग्न आरोपमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेको बताए ।

यस्तै अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी र सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार लिम्बू, राई र मगरले शुक्रबार साँझ अर्जुनधारा–८ नयाँ बजारस्थित बाख्रा हाटको फलैँचामा ती बालिकालाई बलात्कार गरेका थिए । राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटेल एन्ड रिर्सोर्टमा अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले सामूहिक बलात्कार गरेको खुलेको छ ।

यतिबेला पीडित बालिकाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो