४ आश्विन २०८३, आइतबार । September 20, 2026

सुनकोसी दुर्घटना अपडेटः जिप भेटियो, जिपमा सवार तीन जना अझै बेपत्ता


९ भदौ २०८१, आइतबार  

609
Shares

सिन्धुली । शनिबार सुनकोसीमा खसेको बोलेरो जिप भेटिएको छ ।

शनिबार सिन्धुलीको गोलञ्जोर गाउँपालिका– १, कुँडुलेबाट हलेसिबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको जिप सुनकोसीमा खसेको थियो । उक्त जिपलाई गोताखोर टोलीले आज बिहान २ बजेतिर फेला पारेको हो । जिप फेला परे पनि त्यसमा सवार तीन जना भने अझै बेपत्ता छन् ।

जिपमा चार जना सवार रहेकामा एक जनाले भने हामफालेर ज्यान बचाएका थिए । जिपमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु, ३७ वर्षीय बलराम घटुवा र सुशासन्त कक्षपति सवार थिए । त्यसमध्ये कक्षपतिले हाम फालेर ज्यान जोगाएका थिए ।

बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली