२८ पुस २०८२, सोमबार । January 13, 2026

बाढी र पहिरोमा परि हालसम्म १ सय ९५ जनाको मृत्यु, ५ हजार ८ सय परिवार विस्थापित



काठमाडौं । हालसम्म मनसुनी विपद्‌मा परी १ सय ९५ जनाको मृत्यु भएको छ ।

बाढी पहिरो जस्ता मनसुनी विपद्‌मा परी गत जेठ २८ गतेदेखि शुक्रबार दिउँसोसम्म गरी १ सय ९५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी पहिरोमा परी ४९ जना बेपत्ता भएका छन् भने ५ हजार ८ सय ८३ परिवार विस्थापित भएका छन् । बाढी पहिरोका कारण काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।

त्यस्तै, बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता छन् । २ सय ४७ जना घाइते भएका छन् ।

जसमध्ये काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना घाइते भएको र उनीहरुको नजिकका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विपद्‌का कारण ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले