२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

पोखरामा फेरी अर्को स्कुल बस दुर्घटना, एक जना घाइते



कास्की । पोखरा महानगरपालिका वडा नम्बर १७ को घारीपाटन चोकमा शुक्रबार दिउँसो स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस दुर्घटना हुँदा चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन् । दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो । बसको ठक्करपछि रोडबाट तल खसेको ट्याक्सीमाथि नै बससमेत खसेको प्रहरीले जनाएको छ ।

चालक गुरुङको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । उनले छातीमा ठोक्किएको बताएको र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसले ठक्कर दिँदा ग१ज २९३४, ग१ज २२४१ र ग१ज ४१८० नम्बरको ट्याक्सीमा क्षति भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको