६ माघ २०८१, आइतबार । January 19, 2025

हिमपहिरोले थुनियो बोक्सेखोला, सतर्क रहन आग्रह



म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ ।

बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताए । “शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,” उनले भने, “हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ ।”

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सेखोला किनारमा पर्दछ । कोवाङमा रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा शसस्त्र प्रहरीको टोली पठाएको बताए ।

“ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने छ,” उनले भने, “बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सेखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।”

खोलाको छेउछाउ चराउन लगिएका बस्तुभाउ र घाँसदाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सन्दीप लामिछानेले नेपाली क्रिकेटबाट सन्यास लिएकै हुन् त ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेले गएराति

खो-खो विश्वकपः फाइनल खेल आज, नेपालको दुवै टोली आयोजक भारसँग भिड्दै

काठमाडौं । खो–खो विश्वकपको उपाधिका लागि आज नेपालको महिला र

आजको मौसमः कर्णाली र सुदूरपश्चिममा आंशिक बदली, तराईका जिल्लाहरुमा बाक्लो हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

माघ ६ गतेको तपाईँको राशिफल कस्तो छ ?

काठमाडौं । आज बि.सं. २०८१ साल माघ महिनाको ६ गते

खो-खो विश्वकपमा नेपालको धमाका, नेपाली महिला टोलीसँगै पुरुष टोली पनि फाइनलमा

काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी खो-खो विश्वकपमा नेपालको पुरुष