४ असार २०८३, बिहिबार । June 18, 2026

नासिँदै मौलिक सम्पदा, संरक्षणमा छैन् चासो


५ भदौ २०८१, बुधबार  

18
Shares

बागलुङ । ग्रामीण क्षेत्रमा जथाभावी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै गएका छन् ।

आधुनिक भौतिक संरचना तथा सडक निर्माण हुँदा गाउँका डाँडा, भञ्ज्याङ, बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउराली मासिँदै गएका हुन् । भरिया, स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त हुँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका हुन् ।

सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य छोटो बनाए पनि मौलिक सम्पदाको पहिचान भने मेटिदै गएका छन् । ढोरपाटन नगरपालिका–९ का ७६ वर्षीय नन्दराम घर्ती मगरले पहिले–पहिले कतै पनि मोटरबाटो नहुँदा टाढाको यात्रा गर्दा पाटीपौवा, धर्मशालामा बास बस्ने र चौतारीमा बसेर थकाइ मार्ने गरेको स्मण गर्दै अहिले ती सम्पदा मेटिएकामा दुःखेसो पोखे । उतिबेलाका हरेक नागरिकमा मौलिक सम्पदा संरक्षण गर्नुपर्छ भन्ने सोच हुने गरेको भन्दै अहिले सडक सञ्जालले गर्दा त्यसतर्फ कसैको ध्यान पुग्न नसकेको उनले गुनासो सुनाए ।

डेढदशक अगाडि गाउँबाट साता दिनसम्म हिडेर बजार पुग्ने गरेको सुनाउँदै मगरले अहिले केही घण्टामा पुग्न सकिने अवस्था आएको बताए । “अहिलेका पुस्तालाई पाटीपौवा, धर्मशाला, चौपारी के हो भन्ने थाहा छैन । दुई देखि चार वर्ष अगाडि गाउँमा वरपिपलका चौपारी भेटिन्थे, गर्मीको समयमा त्यहीँ गएर शीतल लिन्थ्र्यौँ”, उनले भने, “अहिले ती वरपिपल पनि डोजरले उप्काएर फाल्यो, उतिबेला चौपारी भएको ठाउँमा अहिले मोटर गाडी गुड्छन्, नयाँ पुस्ताले मौलिक सम्पदा चिन्न सकेनन्, संरक्षण गर्न जानेनन् ।”

गाउँमा सडक आएपछि आवागमन र दैनिकी सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्नतर्फ कसैको ध्यान नगएको निसीखोला गाउँपालिका–१ का ७२ वर्षीय कुमबहादुर बुढा मगरले बताए । आफूहरुको पालामा वरपिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखिने भन्दै अहिले पापपुण्य भन्ने चलन हराउँदै गएको उनले गुनासो गरे । सडक नआउँदासम्म गाउँको १२ देखि १५ स्थानमा वर र पिपलको चौपारी तथा ढुङ्गे धारा रहेको सुनाउँदै अहिले ती ठाउँ सबै पुरिएर सडक बनेका उनले उल्लेख गरे ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले विकास निर्माण गर्दा मौलिक सम्पदाको संरक्षणलाई ध्यानमा राखेर काम गरिरहेको बताए । पालिकाले पोखरी संरक्षणका लागि पुरानालाई मर्मत र नयाँ निर्माणलाई जोड दिएको उनले जानकारी दिए । मौलिक सम्पदाले समाजको पहिचान बोकेको भन्दै यसले पर्यटक प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष घर्तीले बताए ।

निसीखोलामा बढी ग्रामीण क्षेत्र रहेकाले पनि मौलिक संस्कृतिको संरक्षणमा गाउँ, समाज र स्थानीय प्रशासनको भूमिका रहने भन्दै आपसी सहकार्य र एकताका साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा