१० कार्तिक २०८३, मंगलबार । October 27, 2026

गाजामा इजरायलको आक्रमण, थप ५२ जनाको मृत्यु


५ भदौ २०८१, बुधबार  

12
Shares

एजेन्सी । गाजाका विभिन्न स्थानमा इजरायली आक्रमणमा थप ५२ जनाको मृत्यु भएको छ।

एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गाजापट्टीमा युद्धकाबीच हजारौं विस्थापित नागरिकले विद्यालयमा शरण लिइरहेका छन्। पछिल्लो समय इजरायलले विद्यालयमै निशाना बनाइरहेको छ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा युद्धविरामका लागि ९ औँ पटक मध्यपूर्वको भ्रमण पूरा गरेका छन्। युद्धविरामका लागि यो पटक पनि इजरायललाई मनाउने प्रयास असफल भएको देखिन्छ। सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ब्लिन्केनले ३ घण्टा लामो वार्ता गरेका थिए ।

तर इजरायलले थप शर्त तेर्स्याएपछि अमेरिका रुष्ट बनेको छ । पछिल्लो समय हमास–इजरायलले एकपछि अर्को शर्त थप्दै गएपछि मध्यस्तकर्ता देशलाई युद्धविराम गराउन थप सकस परेको देखिन्छ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा