१४ बैशाख २०८३, सोमबार । April 27, 2026

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्वाधिक रनको नयाँ कीर्तिमान


५ भाद्र २०८१, बुधबार  

2.4k
Shares

एजेन्सी । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान कायम भएको छ ।

यो कीर्तिमान टी–२० विश्वकप छनोटमा सामोआ र भानुआटुबीचको खेलमा बनेको हो । सामोआका ब्याट्सम्यान ड्यारियस भिसरले मंगलबार टी–२० विश्वकप छनोट खेलमा भानुआटुका बलर नलिन निपिकोको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । यो ओभरमा ३ नो बल पनि परेको थियो ।

योसँगै टी–२० अन्तर्राष्ट्रिय खेलको एक ओभरमा सर्वाधिक रन बनाएर ३९ रनको नयाँ कीर्तिमान कायम भएको छ । यसअघिको कीर्तिमान ३६ रनको थियो । भारतका युवराज सिंह, वेस्ट इन्डिजका केरोन पोलार्ड र निकोलस पूरन र नेपालका दीपेन्द्र एरीले एक ओभरमा ६ छक्का प्रहार गर्दै ३६ रन बनाउने उपलब्धि हासिल गरेका थिए ।

ब्याट्सम्यानका रुपमा ड्यारियस भिसरले एक ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान बराबरी गरेका छन् तर ३ नो बलका कारण उनले टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएका छन् ।

सामोआको राजधानी अपियामा भएको खेलमा सामोआले १० रनले विजयी भएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin