२० माघ २०८१, आइतबार । February 2, 2025

बाढी र पहिरोमा परि हालसम्म १ सय ९३ जनाको मृत्यु



काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९३ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १४ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् ।

वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय ३३ वटा घर, १ सय १६ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

८ सय ७० वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ८ सय ४२ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

आजको मौसमः काठमाडौंको तापक्रम घट्यो, देशको पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

माघ २० गते आइतबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २० गते

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी