९ कार्तिक २०८३, सोमबार । October 26, 2026

साढे ३४ अंकले घट्यो नेप्से, झण्डै २९ अर्बको कारोबार


२ भदौ २०८१, आइतबार  

12
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार परिसूचक (नेप्से) साढे ३४ अंकले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४७ अङ्कले घटेर दुई हजार नौ सय ६६ दशमलव ३३ विन्दुमा झरेको छ । आज बैंक, बीमा र म्युचुअल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्सुरेन्स कर्पोरेशन, मल्टिपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ । आज ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको ८२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा