१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

वैदेशिक अध्ययनका नाममा बाहिरियो १ खर्ब २५ अर्ब


२ भदौ २०८१, आइतबार  

9
Shares

काठमाडौं । अध्ययनका लागि विदेशिएका नेपाली विद्यार्थीहरुले स्वदेशबाट १ खर्ब २५ अर्ब रुपैयाँ सटही गरेर लगेका छन्।

विदेश पढ्न जाँदा उनीहरुले सवा एक खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका हुन्। अघिल्लो वर्ष अध्ययनका लागि विदेशिने विद्यार्थीले एक खर्ब बराबरको विदेशी मुद्रा साथमा लगेका थिए। नेपालीहरु अध्ययनका नाममा विदेशिने क्रम बढिरहेको छ। नेपालीहरु अध्ययनका लागि अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानलगायतमा मुलुक पुगेका छन्।

शिक्षातर्फको भ्रमण व्यय बढ्दा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१ दशमलव १ प्रतिशतले बढेर १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड थियो। आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा थियो।

अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा थियो।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ३ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली