१ कार्तिक २०८३, आइतबार । October 18, 2026

विश्वकप लिग–२ सिरिजः क्यानडालाई पराजित गर्दै नेदरल्याण्ड्स शीर्ष स्थानमा


२ भदौ २०८१, आइतबार  

1.3k
Shares

काठमाडौं । क्यानडालाई हराउँदै नेदरल्यान्ड्स विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ।

आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको जारी छ। त्रिकोणत्मक सिरिजको चौथो खेलमा घरेलु टोलीले क्यानडामाथि जित हात पारेको हो। नेदरल्यान्ड्सको हजेलारवेग, रोटरडैम भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित हात पारेको हो। नेदरल्यान्ड्सले दिएको २ सय २१ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ३५ दशमलव ४ ओभरमा अल आउट हुदै १ सय ५७ रन मात्र बनाउन सक्यो।

क्यानडाका लागि विकेटकिपर ब्याटर श्रेयस मोभ्भाले ७२ बलमा अविजित रहँदै सर्वाधिक ४७, ओपनर ओरोन जोनसनले ३२, अर्का ओपनर दिलप्रित बाज्वाले २० रन जोडे । कप्तान साद विन जाफरले २३ बलमा १२, डेलिन हेलिङ्गरले २० बलमा १४, प्रगत सिंहले ५ रन जोडे। नेदरल्यान्ड्सका पल भान मेकरमले ५ विकेट लिए। भिभियन किंग्माले ३ तथा आर्यान दत्त र शरिज अहमदले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ४७ दशमलव २ ओभरमा २ सय २० रन बनाउदै अल आउट भयो। ८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ७ खेलमा १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा झरेको स्थानमा रहेको छ। पराजित क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा झरेको छ। अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ।

लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन्।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि