४ असार २०८३, बिहिबार । June 19, 2026

विश्वकप लिग–२ सिरिजः क्यानडालाई पराजित गर्दै नेदरल्याण्ड्स शीर्ष स्थानमा


२ भदौ २०८१, आइतबार  

1.3k
Shares

काठमाडौं । क्यानडालाई हराउँदै नेदरल्यान्ड्स विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ।

आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको जारी छ। त्रिकोणत्मक सिरिजको चौथो खेलमा घरेलु टोलीले क्यानडामाथि जित हात पारेको हो। नेदरल्यान्ड्सको हजेलारवेग, रोटरडैम भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित हात पारेको हो। नेदरल्यान्ड्सले दिएको २ सय २१ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ३५ दशमलव ४ ओभरमा अल आउट हुदै १ सय ५७ रन मात्र बनाउन सक्यो।

क्यानडाका लागि विकेटकिपर ब्याटर श्रेयस मोभ्भाले ७२ बलमा अविजित रहँदै सर्वाधिक ४७, ओपनर ओरोन जोनसनले ३२, अर्का ओपनर दिलप्रित बाज्वाले २० रन जोडे । कप्तान साद विन जाफरले २३ बलमा १२, डेलिन हेलिङ्गरले २० बलमा १४, प्रगत सिंहले ५ रन जोडे। नेदरल्यान्ड्सका पल भान मेकरमले ५ विकेट लिए। भिभियन किंग्माले ३ तथा आर्यान दत्त र शरिज अहमदले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ४७ दशमलव २ ओभरमा २ सय २० रन बनाउदै अल आउट भयो। ८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ७ खेलमा १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा झरेको स्थानमा रहेको छ। पराजित क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा झरेको छ। अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ।

लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन्।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा