२२ मंसिर २०८२, आइतबार । December 7, 2025

साफ यू–२० आजबाट, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै



काठमाडौं । साफ यू–२० च्याम्पियनसिप आजबाट सुरु हुँदै छ ।

आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यू–२० च्याम्पियनसिपको समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ । यस अघि दशरथ रङ्गशाला र च्यासलस्थित स्टेडियममा हुने भनिए पनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलङ्का र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ ।

एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रङ्गशाला पनि वर्षाले हिलाम्मे रहेको छ ।

साफले दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्वीकृति दिएर खेल तालिका समेत जारी गरे पनि गत मङ्गलवार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बिचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रूपमा खराब भएपछि एन्फाले समूह चरणका खेलहरू एन्फा कम्प्लेक्समा र सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने भएको छ ।

साफ यू–२० मा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, मालदिभ्स र भुटान गरी ६ देशले भाग लिँदै छन् । जसमा समूह ए मा नेपाल, बङ्गलादेश र श्रीलङ्का रहेका छन् भने समूह बी मा भारत, मालदिभ्स र भुटान रहेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको