२८ पुस २०८२, सोमबार । January 12, 2026

थामेमा हिमपहिरोका कारण बाढी आएको हुनसक्ने आंकलन, एकजना बेपत्ता



सोलुखुम्बु । जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामे खोलामा एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ।

विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबारे प्रारिम्भक जानकारी दिँदै उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल र हिमपोखरी रहेको उल्लेख गरेको छ। तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने महाशाखाको आकलन छ। “उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको थियो,” महाशाखाले भनेको छ, “निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ।”

शुक्रबार दिउँसो थामेमा एक्कासी आएको बाढीले भौतिक संरचना बगाएको छ। बाढीमा परी एक जना हराइरहेका छन्।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले