१२ श्रावण २०८३, मंगलबार । July 28, 2026

थामेमा हिमपहिरोका कारण बाढी आएको हुनसक्ने आंकलन, एकजना बेपत्ता


१ भदौ २०८१, शनिबार  

366
Shares

सोलुखुम्बु । जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामे खोलामा एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ।

विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबारे प्रारिम्भक जानकारी दिँदै उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल र हिमपोखरी रहेको उल्लेख गरेको छ। तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने महाशाखाको आकलन छ। “उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको थियो,” महाशाखाले भनेको छ, “निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ।”

शुक्रबार दिउँसो थामेमा एक्कासी आएको बाढीले भौतिक संरचना बगाएको छ। बाढीमा परी एक जना हराइरहेका छन्।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर