२८ पुस २०८२, सोमबार । January 12, 2026

भोटेकोशीको बहाव बढेर थामे गाउँमा क्षति



सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका हुँदै बग्ने भोटेकोशीमा पानीको बहाव बढेपछि बाढी आउँदा तीन वटा घर बगाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो कोशीमा जलस्तर बढेसँगै गाउँपालिका–५ थामेका तीन घर बगाएको थियो। बाढीका कारण मानवीय क्षति भएकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। तर, बाढीले तीन घर बगाउनुका साथै एउटा होस्टेल र थप ४ घर जोखिममा रहेका छन्।

बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएसँगै इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । थामे गाउँमा एक्कासी बाढी आउँदा हिमताल फुटेको अनुमान गरिएको थियो।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले