३ आश्विन २०८३, शनिबार । September 19, 2026

भोटेकोशीको बहाव बढेर थामे गाउँमा क्षति


३२ श्रावण २०८१, शुक्रबार  

351
Shares

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका हुँदै बग्ने भोटेकोशीमा पानीको बहाव बढेपछि बाढी आउँदा तीन वटा घर बगाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो कोशीमा जलस्तर बढेसँगै गाउँपालिका–५ थामेका तीन घर बगाएको थियो। बाढीका कारण मानवीय क्षति भएकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। तर, बाढीले तीन घर बगाउनुका साथै एउटा होस्टेल र थप ४ घर जोखिममा रहेका छन्।

बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएसँगै इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । थामे गाउँमा एक्कासी बाढी आउँदा हिमताल फुटेको अनुमान गरिएको थियो।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ