६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

स्पेनिस ला लिगा शुरु, पहिलो दिनका दुवै खेल बराबरीमा रोकिए


३२ श्रावण २०८१, शुक्रबार  

1.3k
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबल बीहिबार रातिबाट सुरु भएको छ ।

पहिलो दिनका दुवै खेल बराबरीमा टुंगिएका छन् । पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १–१ को बराबरी खेलेका छन् । यस्तै जिरोनाले रियल बेटिसलाई १–१ को बराबरीमा रोकेको छ । गत सिजन आश्चर्यजनक टिम रहेको जिरोनाले तेस्रो स्थान हात पारेको थियो ।

ओहन सासेटको गोलले बिलबाओले २७ औं मिनेटमा अग्रता लिएको थियो । क्रिससान्टोस उचेले ६४ औं मिनेटमा बराबरी गोल गरे । यस्तै अर्को खेलमा मार्क बारट्राले छैटौं मिनेटमा गोल गर्दै बेटिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

ग्याब्रिएल मिसहोयले ७२ औं मिनेटमा जिरोनाका लागि बराबरी गोल फर्काए र दुवै टिमले एक–एक अंकमा चित्त बुझाए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि