४ असार २०८३, बिहिबार । June 18, 2026

मंगलबार ८ दशमलव १८ अंकले घट्यो नेप्से


२९ श्रावण २०८१, मंगलबार  

66
Shares

काठमाडौं । नेप्से परिसूचक मंगलबार ८ दशमलव १८ अंकले घटेको छ।

आइतबार र सोमबार उच्च वृद्धि भएको बजार आज दिनभरको उतारचढावको बीच ८ दशमलव १८ अंकले घटेर २९२३ दशमलव ४६ अंक कायम भएको हो। आज ३३२ स्क्रिप्टको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५ लाख १० हजार ६३३ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से परिसूचक घटे पनि मातृभूमि लघुवित्त, पिपुल्स पावर र डोल्टी पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्यो। १३ वटामध्ये पाँचवटा समूहका सूचकमा वृद्धि भयो। बैंकिङ, फाइनान्स, इनभेस्टमेन्ट, लाइफ इन्स्योरेन्स र ट्रेडिङ को सूचकमा वृद्धि भएको हो। फाइनान्सतर्फ १।५७ प्रतिशत वृद्धि भएको छ।

करिब ८२ करोडको कारोबार गर्दै नेपाल फाइनान्स अग्र स्थानमा रह्यो। आइतबार र सोमबारको तुलनामा कारोबार रकम घटेपनि कारोबारमा उत्साह कायमै देखिन्छ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा