१३ फाल्गुन २०८१, मंगलबार । February 26, 2025

कर्मचारीको तलब बढाउने तयारीमा सरकार



काठमाडौं । सरकारले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको तलब बढाउनेबारे गृहकार्य थालेको छ ।

सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन असार १० मा परमादेश जारी गरेको थियो ।

त्यही आधारमा सरकारले कर्मचारीको तलबमान बढाउन मन्त्रिपरिषद्मा छलफल गरेको हो । गत असार १० गते सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कर्मचारीको तलवमान बढाउन परमादेश गरेको थियो ।

सहन्यायाधिवक्ता गोविन्द खनाल, उपन्यायाधिवक्ता सन्तोष शर्मा, पदमबहादुर कार्की, विमला रेग्मी, युवराज महत, चपला पोखरेल र प्रकाश गौमतलगायतले तलबमानमा विभेद भएको भन्दै निजामती सेवाको राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको समानताको आधारमा तलब बढाउनु पर्ने माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । रिटमा सोही वरीयतामा रहेका सुरक्षा निकायतर्फका अधिकृतको तलबमान निजामतीतर्फका कर्मचारीको तुलनामा बढी भएको जिकिर गर्दै तलब बढाउन माग गरिएको थियो ।

संसदीय समितिले आर्थिक वर्ष २०७९/०८० कै तलबमानलाई वैज्ञानिक ढङ्गले समायोजन गर्न निर्देशन दिएको भए पनि सरकारले गठन गरेकोको समितिले प्रतिवेदन पेस गरिसकेको अवस्थामा समेत तलबमान समायोजनतर्फ ठोस पहल नभएको भन्दै रिट दायर भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताप्लेजुङको फुङलिङ क्षेत्रमा लागु गरिएको निषेधाज्ञा हट्ने

काठमाडौ । ताप्लेजुङको फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हट्ने भएको

अबदेखि विद्युतिय सवारीमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने

काठमाडौं । अबदेखि विद्युतिय सवारी साधनको मूल्यमा ६० प्रतिशत मात्रै

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथको दर्शन गर्न पुगे प्रधानमन्त्री ओली

काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नका

टाटा कर्भ ईभीको टप भेरियन्ट नेपाली बजारमा सार्वजनीक, कति पर्छ मूल्य ?

काठमाडौं । भारतीय विद्धुतीय गाडी निर्माता टाटा ईभीको आधिकारिक विक्रेता

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करण फागुन १६ देखि हुने

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करणमा देशभरका