१३ पुस २०८२, आइतबार । December 28, 2025

भारत लाग्यो नेपाली क्रिकेट टोली, बैंगलोरस्थित क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण गर्ने भएको छ ।

नेपाली क्रिकेट टिमले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिजको तयारीका लागि भारतीय क्रिकेट बोर्डको क्रिकेट एकेडेमी एनसीएमा दुई साता प्रशिक्षण गर्ने भएको हो । सो प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ खेलाडीलाई छनौट गरिसकेको छ ।

नेपाली टोली सो प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडी छानेको छ । नेपालले प्रशिक्षण क्याम्पका लागि बोलाएका खेलाडीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम सार्की, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सगर ढकाल र सन्दीप जोरा रहेका छन् ।

नेपालले लिग–२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ११ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई