६ आश्विन २०८३, मंगलबार । September 22, 2026

प्रचण्ड आफैले जनार्दनले पार्टी फुटाउँदैछ भनेर हल्ला चलाएः जनार्दन शर्मा


२७ श्रावण २०८१, आइतबार  

21
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन् ।

माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौदामार्फत सो आरोपको पुष्टि गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । ‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर शुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो, उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराए पछि सुन्नेहरुलाई पार्टी फुटने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले पेस गरेको राजनतीतिक प्रस्तावमा उल्लेख गरेका छन्, ‘फुटाउने कसले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुट्दैछ र भन्ने सोध्ने गरेका छन् ।’

उनका अनुसार माओवादी विभाजन अन्य राजनीतिक दल, सुरक्षा निकाय र ब्युरोक्रेसीसमेतमा चासोको विषय बन्न पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  २ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा