१३ पुस २०८२, आइतबार । December 28, 2025

भारतीय विदेशसचिव मिस्री काठमाडौंमा



काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरे । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ ।

साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतका विदेशसचिवको यो भ्रमण नियमित हो । उनि हालै विदेशसचिवमा नियुक्त भएका थिए ।

उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् । विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्कनु हुनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई