१३ पुस २०८२, आइतबार । December 28, 2025

काभा महिला भलिबलको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान



काठमाडौं । काठमाडौं महानगरपालिकाले काभा महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई नगदसहित सम्मान गरेको छ ।

बिहीबार महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहित सम्मानपत्र प्रदान गरेको हो। सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन्।

खेलको टिम म्यानेजर नीलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव र थेरापिस्ट लोकेन्द्रबहादुर कुँवर सम्मानित भएका छन्। महानगरले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो।

दशरथ रंगशालामा बुधबार भएको फाइनलमा ३–२ सेटले भारत विजेता बन्दा नेपाल उपविजेता बनेको हो।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist