४ कार्तिक २०८३, बुधबार । October 22, 2026

ओलम्पिक फाइनल खेल्न नपाएपछि भारतीय कुस्तीबाज फोगटले गरिन् सन्यास घोषणा


२४ श्रावण २०८१, बिहिबार  

2.3k
Shares

एजेन्सी । भारतीय पहलमान विनेश फोगटले सन्न्यास घोषणा गरेकी छन् ।

ओलम्पिकको फाइनलमा अयोग्य ठहरिएपछि उनले कुस्तीबाट सन्यास लिने घोषणा गरेकी हुन् । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले कुस्तीलाई अलबिदा गरेकी हुन् । ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फोगटले फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । तर ओेभरवेट रहेको पाइएपछि उनलाई फाइनल खेल्न अयोग्य ठहर गरिएको थियो ।

त्यससँगै उनले कुनै पनि पदक नपाउने भएकी छन् । फोगटले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कुस्तीले जितेको र आफूले हारेको बताएकी छन् । उनले लेखेकी छन्, ‘माफ गर्नुस् आमा, तपाईँको सपना मेरो हिम्मत सबै टुट्यो ।अब योभन्दा बढी तागत मसित छैन । अलबिदा कुस्ती ।’ २९ वर्षीय फोगटले सन् २००१ बाटै कुस्ती खेल्न थालेकी हुन् ।

उनी ओलम्पिकको फाइनलमा पुग्ने पहिलो भारतीय महिला कुस्तीबाज बनेकी थिइन् । कम्तीमा रजत पद पाउने पक्का भएको थियो । तर अब उनी त्यसबाट पनि वञ्चित बनेकी छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि